Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

मिनिट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

१० बुधबार , बैशाख २०८२एक दिन अगाडि

मिनिट्रक दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु

आज बिहान डाेटीमा भएकाे मिनिट्रक दुर्घटनामा चालकसहित ३ जनाको मृत्यु भएकाे छ । डाेटीकाे जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा ना.प. ०१–००१ ख ३४२८ नम्बरकाे मिनिट्रक दुर्घटना भएकाे हाे ।

डोटीको जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा बझाङतर्फ गइरहेको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामी र नाम नखुलेका २ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार मृतक दुई जनाको नाम हालसम्म खुल्न नसकेको बताइएकाे छ ।

दुर्ङटनामा ट्रक र सामानले शवहरू च्यापेकाले निकाल्न कठिन भइरहेकाले डाेजरकाे साहयताले उद्धार गर्न लागिएको छ । प्रहरीका अनसार दुर्घटनाको कारण अझै स्पष्ट नभइसकेको र अनुसन्धान अघि बढिरहेको जनाइएको छ ।