Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पूर्व प्रहरी महानिरीक्षाक थापाको निधन

१० बुधबार , बैशाख २०८२१० महिना अगाडि

पूर्व प्रहरी महानिरीक्षाक थापाको निधन

नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको ९७ वर्षको उमेरमा निधन भएको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका अनुसार थापाकाे मंगलबार निधन भएकाे हाे ।

थापा नेपाल प्रहरीको २०३५ सालमा महानिरीक्षक भएका थिए । थापाकै अग्रसरतामा आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो ।

स्वर्गिय थापालाई प्रहरी वृत्त गौशालामा श्रद्धाञ्जली दिएपछि आर्यघाटसम्म शवयात्रा गरिँदै छ भने श्रद्धाञ्जलीका लागि महानिरीक्षक दीपक थापा, एआइजीहरु, डिआइजीहरु, एसएसपीहरु त्यहाँ पुगेका छन् ।