Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

घुससहित समातिएका पोखरा महानगरका कर्मचारीउपर मुद्दा

१० बुधबार , बैशाख २०८२१० महिना अगाडि

घुससहित समातिएका पोखरा महानगरका कर्मचारीउपर मुद्दा

घुससहित समातिएका कास्कीको पोखरा महानगरपालिका उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगको पोखराबाट खटिएको टोलीले गत चैत ७ गते उनलाई २५ हजार रुपैयाँ घुससहित पक्रेको थियो । अनुसन्धानको क्रममा गिरीले उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भनी सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको ठहर छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २५ हजार रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवाना हुन मागदाबीसहित उनीविरुद्ध आरोपपत्र दायर गरेको छ ।