
काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक भएकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरले खुला स्थानमा जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगी लगायतलाई सबैभन्दा बढी असर पर्ने भएकाले जथाभाबी फोहर बाल्न नहुने बताउदै फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले अनुरोध गरेकी छन् ।
त्यसैगरी महानगरलाई सफा र स्वच्छ राख्न उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न पनि विभाग प्रमुख राईले आग्रह गरेकी छन् ।