Advertisement Banner
Advertisement Banner

२६ आइतबार, जेठ २०८२30th May 2025, 11:39:34 am

सुनको मूल्य अहिलेसम्मकै उच्च २ लाख नजिकै

०९ मंगलबार , बैशाख २०८२२ महिना अगाडि

सुनको मूल्य अहिलेसम्मकै उच्च २ लाख नजिकै

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च झन्डै २ लाख हाराहारी पुगेको छ । आज एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर दुई लाख नजिकै पुगेको हो ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको हो । आज मंगलबार छापावाल सुन प्रतितोला ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम गर्दै छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । केही समयदेखि निरन्तर उकालो लागेको सुनको मूल्य अब २ लाख पुग्ने देखिन्छ ।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोवार भैरहेको महासंघले जनाएको छ ।