Advertisement Banner
Advertisement Banner

१० बुधबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

तापक्रम बढ्न सुरु आज ३८ देखि ४० डिग्री सेल्सियससम्म

०९ मंगलबार , बैशाख २०८२१४ घण्टा अगाडि

तापक्रम बढ्न सुरु आज ३८ देखि ४० डिग्री सेल्सियससम्म

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागको तापक्रम बढ्न सुरु भएको छ । तापक्रम बढ्न सुरु भएसंगै काठमाडौँ उपत्यकाको आजको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमामन महाशाखाले जनाएको छ । यसअघि आइतबार २९.५ डिग्री सेल्सियस रहेको तापक्रम  सोमबार ३१.४  डिग्री सेल्सियस पुगेको थियो ।

त्यसैगरी आज धनगढी, नेपालगञ्ज र भैरहवा लगायत शहरमा ३८ देखि ४० डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने बताइएको छ । अहिले यसरि तापक्रम बढे पनि यो हप्ताभरी धेरै गर्मी महशुस नहुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जनाएका छन् ।