
प्रहरी जवान पदका लागि लिएकाे लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरूले अन्य व्यक्तिका नाममा परीक्षा दिइरहेको बेला पक्राउ परेका हुन्र ।
परीक्षामा सहभागि भएर पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका-९, का २३ वर्षीय मोहन सुनुवार, कालिकोटको शुभकालिका गाउँपालिका-७, का २४ वर्षीय गोपाल शाही, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-५, का २२ वर्षीय मनोज शर्मा रहेका छन् ।
त्यसैगरि अन्य पक्राउ पर्नेमा दैलेखको भैरवी गाउँपालिका-५ का २२ वर्षीय आकाश खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ का २० वर्षीय उमेश शर्मा र जुम्लाको तिला गाउँपालिका-२ का २२ वर्षीय मिन रावल रहेकाे बताइएकाे छ ।
गएकाे शनिबार काठमाडौँको नयाँबानेश्वर स्थित रत्नराज्य माविमा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँले प्रकाशित गरेको विज्ञापन अनुसार सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा उनीहरूले अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनिहरू माथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको छ ।