
सप्ताकोशीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, बराहक्षेत्र मन्दिरस्थित सप्ताकोशीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन् ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको बताइएकाे छ । आज बिहान साढे ८ बजे नुहाउने क्रममा खोटाङ्ग जिल्लाको केपिलासगढी गाउँपालिका–४, बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरी जिल्लाको इटहरी नगरपालिका–१६, बस्ने १६ वर्षीय जेनिश आचार्य डुबेर बेपत्ता भएका हुन् ।
उनिहरू आज बिहान नुहाउने क्रममा सो नदिमा डुबेर बेपत्ता भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन् । घटना पछि उनीहरूको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सुरक्षाफौज खटिएकोमा फेला नपरेपछि अहिले सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरिबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहितको सुरक्षा फौज परिचालन भएको बताइएकाे छ ।
गोताखोर सहितको टोली घटनास्थल पुगेर खोजिकार्य सुरु गरेको छ ।