
विगत १९ दिनदेखि जारी शिक्षकहरुकाे प्रदर्शनलाई आज पनि निरन्तरता दिइएकाे छ । शिक्षकहरुले शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौंको माइतीघरदेखि बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका हुन् ।
उनिहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आज पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । नेपाल शिक्षक महासंघकाे आव्हानमा शिक्षकहरुले विगत १९ दिनदेखि शिक्षा विधेयक जारी गर्न माग गर्दै आन्दोलन गरि रहेका छन् ।
यता सरकारले आगामी संसद् अधिवेशनबाट शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि शिक्षकहरुले आन्दोलनलाई जारी राखेका हुन् । सरकारले अघिल्ला सम्झौताहरु कार्यान्वयन नगरेकाले यस पटक विधेयक जारी नभएसम्म विद्यालय नफर्किने उनिहरुकाे अडान रहेकाे छ ।
सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गतेका लागि बोलाएको छ भने उक्त अधिवेशनमार्फत शिक्षा विधेयक पारित गर्ने तयारीमा रहेको स्पष्ट पारे पनि शिक्षकहरुले त्यसकाे विश्वास गरेका छैनन् । उनीहरुले शिक्षा विधेयक विधिवत रूपमा जारी भएपछि मात्र आन्दोलन छाेडेर विद्यालय फर्किने बताएका छन् ।