
गएराति कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे छ । खाद्यान्न र खुद्रा सामान बाेकेर पलाँता गाउँपालिका-९ थीर्पुबाट पलाँता-४ छलतर्फ जाँदै गरेकाे ट्याक्टर दुर्घटना भएकाे हाे ।
उक्त दुर्घटनामा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका-५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय सहित चार जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । अन्य मृत्यु हुनेहरूमा पलाँता गाउँपालिका-४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता-५ सल्लीकोटकी अम्बा शाहीकाे घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल भिरमा अड्किएको थियाे भने मृतकका शवहरू सडकभन्दा २०० मिटर तल भेटिएको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो ।