Advertisement Banner
Advertisement Banner

१० बुधबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

वैशाख १२ गतेदेखि हुने परीक्षा स्थगित

०८ सोमबार , बैशाख २०८२२ दिन अगाडि

वैशाख १२ गतेदेखि हुने परीक्षा स्थगित

बैतडीकाे दोगडाकेदार गाउँपालिकामा यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित भएकाे छ । शिक्षकको आन्दोलनका कारण दोगडाकेदार गाउँपालिकाले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेकाे हाे ।

शिक्षकको आन्दोलनका कारण गाउँपालिकाले परीक्षा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा उल्लेख गरिएकाे छ । सूचनामा भनिएको छ, “शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ५ र ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।”

यता गाउँपालिकाले वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेड वृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित गरेपछि परिक्षाकाे तयारीमा रहेका विद्यार्थी मर्कामा परेका छन् ।