Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

ताप्लेजुङमा जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

०८ सोमबार , बैशाख २०८२२ दिन अगाडि

ताप्लेजुङमा जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु

ताप्लेजुङमा पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चार जनाकाे मृत्यु हुनुका साथै दुईजना गम्भीर घाइते भएका छन् । ताप्लेजुङको फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप दुर्घटना भएकाे हाे ।

पाथीभरातर्फ जाँदै गरेको उक्त जिपले बिहान ५ बजेतिर ‘सेवारो चोक’ भन्ने ठाउँमा पोलबाट लत्रिएको तार छुँदा करेण्ट लागेकाे र लगतै जिपमा आगो लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जनाएका छन् ।

उक्त दुर्घटनामा ललितपुर-१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर-१५ का ७० वर्षीय विनोद पौडेल र उनकाे श्रीमती ६९ वर्षीया सरिता पौडेल र यस्तै चालक ताप्लेजुङको फुङलिङ-१० का ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको छ ।

त्यसैगरि ललितपुर-१० की ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य गम्भीर घाइते भएकाे बताइएकाे छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र अहिले हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएकाे छ । 

उक्त दुर्घटनामा जलेका मृतककाे शव  चिन्नै नसक्ने अवस्थामा रहेको समेत प्रहरीले जनाएको छ ।