Advertisement Banner
Advertisement Banner

१० बुधबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

राजसंस्थाकाे पक्षमा देशव्यापी संरचना विस्तारको तयारी

०७ आइतबार , बैशाख २०८२३ दिन अगाडि

राजसंस्थाकाे पक्षमा देशव्यापी संरचना विस्तारको तयारी

संवैधानिक राजसंस्थाकाे पक्षमा संयुक्त जनआन्दोलन समितिले देशव्यापी संरचना विस्तारको तयारी थालेको छ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहितको बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले देशव्यापी संरचना विस्तारको तयारी थालेको हाे ।

संयुक्त जनआन्दोलन समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका ७७ वटै जिल्लामा जिल्ला स्तरीय समिति निर्माण प्रक्रिया सुरु भएको जानकारी दिएको हाे । जनआन्दोलन समिति सङ्गठित र दीर्घकालीन परिवर्तनको मार्गमा देशव्यापी जनसहभागितासहित अघि बढ्न लागेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङका अनुसार समितिको लक्ष्य स्पष्ट रहेको र देशका राष्ट्रप्रेमी, देशभक्त र राष्ट्रवादी नागरिकहरूलाई यो अभियानमा सक्रिय सहभागी हुन हार्दिक आग्रह गरिएकाे छ । समितकाे उक्त कदमले मुलुकको राजनीतिक बहसमा सहयाेग पुग्ने अनुमान गरेको छ ।