Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प

देशभरका अधिकांश सरकारी वेबसाइट सर्भर समस्याका कारण ठप्प भएको छ । शुक्रबारदेखि सञ्चालनमा नरहेका यी वेबसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको हो ।

अहिले राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइटसहित संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका वेबसाइटमा समस्या देखिएको बताइएको छ । डीएनएस सर्भरमा आएको खराबीले धेरैजसो वेबसाइट पूर्ण रूपमा बन्द छन् भने केही स्थानीय तहका वेबसाइट कहिले खुल्ने त कहिले बन्द हुने भएका छन् ।

हाल प्रयोगकर्ताले वेबसाइट खोल्दा ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश सर्भरमा बारम्बार देखिने गरेको र सार्वजनिक सेवालाई अनलाइन र डिजिटल बनाउने कुरा बारम्बार दोहोरिँदा पनि सामान्य वेबसाइटसमेत सञ्चालन नभएकाले सर्वसाधारण समस्यामा परेका छन् ।

त्यस्तै लामो समयदेखि सरकारी सर्भरमा पटक–पटक समस्या देखिँदा पनि सम्बन्धित निकायहरू मौन देखिन्छन भने लगानी वृद्धि र नयाँ संरचना थप्ने काम भए पनि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमै सामान्य वेबसाइट र इन्टरनेट सञ्चालन हुन नसक्नु लज्जास्पद हो ।