Advertisement Banner
Advertisement Banner

१० बुधबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आर्थिक वर्षको ९ महिनामा ३७.५ प्रतिशत पुँजीगत खर्च

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

आर्थिक वर्षको ९ महिनामा ३७.५ प्रतिशत पुँजीगत खर्च

चालु आर्थिक वर्षको ९ महिनामा झापा जिल्लाको पुँजीगत खर्च ३७.५ प्रतिशत भएको छ । झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड रुपैया विनियोजन भएकोमा चैत मसान्तसम्म ४ अर्ब १ करोड ५२ लाख खर्च भएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा पुँजीगत खर्च ३७.५ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जनाएका छन् । उनकाअनुसार चालुतर्फ विनियोजित रु १६ अर्ब १४ करोड ६८ लाखमध्य रु ११ अर्ब १९ करोड ७२ लाख खर्च भएको बताइएको छ ।

समग्रमा जिल्लाको १५ अर्ब २१ करोड २५ लाख १८ हजार खर्च भएको छ भने चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९ सय ११ रुपैयाँ राजस्व सङ्कलन भएको बताइएको छ ।