
लघुवित्त, सहकारी र मीटरब्याज पीडितहरुले राजधानीमा ‘बृहत नागरिक आन्दोलन’ गर्ने भएका छन् ।
चार वटा संगठनले आर्थिक शोषणविरुद्ध साझा संघर्ष गर्न लागेको हो । भोलि दिँउसो २ बजे शान्तिबाटिकामा प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
मीटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ, लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समिति नेपाल र वित्तिय शोषणविरुद्ध मजदुर किसान आन्दोलनले प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।