Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

विज्ञापन बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

विज्ञापन बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

विज्ञापन बोर्डमा रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । यसअघिका अध्यक्ष लक्ष्मण हुमागाईं गत चैत तेस्रो साताबाट बिदा भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन मागेको हो ।

मन्त्रालयद्धारा आज जारी सूचनामा बोर्डको अध्यक्ष नियुक्ति सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको जनाउँदै योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरिएको छ ।

उम्मेदवारको न्यूनतम योग्यता आमसञ्चार, कानून, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सो क्षेत्रमा दश वर्षको कार्यअनुभव हुनुपर्ने छ ।

यस्तै, उमेरहद ३५ वर्ष तोकिएको छ । कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वःघोषणा पनि पेश गर्नुपर्छ । मन्त्रालयले इच्छुक योग्य व्यक्तिलाई आगामी १५ दिनभित्र दरखास्त दिन आग्रह गरेको छ ।

सिंहदरबारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा आवेदन दिनुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा राखिएको छ ।