Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मधेसमा सशस्त्र समूह एक भए

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

 मधेसका एकसय आठ भूमिगत सशस्त्र समूहमध्ये केहीले सरकारसमक्ष हतियार बुझाए पनि तिनीहरुलाई राज्यले उचित ध्यान नदिदा तिनीहरु पुनः आन्दोलित र भूमिगत सशस्त्र समूहमै फर्कने मनस्थिति बनाइरहेका बेलामा साह्रै दह्रो मानिएको जयकृष्ण गोइतले अन्य तीन सशस्त्र समूहलाई एकीकरण गराएका छन्।

प्रकाशको तराई मुक्ति मोर्चा, प्रतीकको जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा र गोइतको अखिल तराई मुक्ति मोर्चावीच एकीकरण भएर अव जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी बनेको छ। यो मोर्चाले १५ सदस्य रहेको समिति गठन गरेर सशस्त्र समूहलाई कसरी मधेस मुक्तिका लागि प्रभावकारी बनाउने भन्ने विषयमा निर्णय लिनेछ। स्रोत भन्छ– गोइत समूहले जयप्रकाशको मधेस अभियान र आन्दोलित मधेसी मोर्चासँग समेत मिल्ने विषयहरुमा कार्यगत एकता गर्नसक्ने भनी वार्ता अघि बढाएको छ। यो समूहले बम धमाका गर्न सक्ने देखिन्छ।

यसैवीच मधेसी मोर्चासहितको संघीय गठबन्धनलाई यसैगरी दमन गर्दै राज्य अघि बढ्ने हो भने नयाँ तरिकाबाट आन्दोलन हुनसक्ने भनेर उपेन्द्र यादवले जेठ ९ गते रिपोर्टर्स क्लवमा उभिएर बोलेकामात्र छैनन्, प्रम ओलीको कार्यशैली नश्लवादी भन्ने आरोप लगाउँदै नश्लवादले जर्मन टुक्रियो, नेपाल पनि टुक्रिन सक्ने खतराको संकेत गरेका छन्। सशस्त्र समूहसमेत सक्रिय हुनुले जातीय, क्षेत्रीय र पहाडी–मधेसीवीच पुनः फाटो बढ्ने र महाभारतकोजस्तो बिनास हुने खतरा सन्निकट देखिनथालेको छ।