Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब बढी राजस्व संकलन

०३ बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब बढी राजस्व संकलन

चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब बढी राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिक ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

त्यसैगरी पुसमा १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।