Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नयाँ वर्ष २०८२ सरू, शुभकामना आदानप्रदान गरी मनाइँदै

०१ सोमबार , बैशाख २०८२एक बर्ष अगाडि

नयाँ वर्ष २०८२ सरू, शुभकामना आदानप्रदान गरी मनाइँदै

आजदेखि सुरू भएकाे नयाँ वर्ष विक्रम संवत् २०८२ साललाई देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । पूरानाे वर्षा भए गरेका कामको सफलता, असफलता मूल्यांकण गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्ने योजना सहित नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदैछ ।

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराईले बताएका छन् ।

विद्वानहरुका अनुसार सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको बताइएकाे छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको र कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।

आजकाे दिन बिहानै नुहाउने, सबैतिर सरसफाइ गर्ने, मठ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने, मीठोमसिनाे खाने, साथीभइ इष्टमित्रसँग भेटगरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ भने विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गरेकाे पाइन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएसँगै नयाँ संवत्सर चैत १७ गतेदेखि नै सुरु भइसकेकाे बताइएकाे छ । उनले वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर रहेकाे र अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर रहेकाे बताएका छन् ।