Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्व प्रहरी महानिरीक्षक राणाको निधन

३० आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

पूर्व प्रहरी महानिरीक्षक राणाको निधन

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ । महानिरीक्षक राणाको हिँजाे शनिबार साँझ निधन भएकाे हाे ।

स्वर्गिय राणाले २०५७ साल असोजदेखि २०५९ सालको पुससम्म नेपाल प्रहरीको नेतृत्व गर्दै महानिरीक्षक बनेका थिए । सशस्त्र द्वन्द्वको कठिन समयमा समेत कुशल ढंगले व्यवस्थापन गरेका राणाकाे कार्यकालकै समयमा सशस्त्र प्रहरी बल (एपीएफ) को स्थापना भएको थियो ।

स्वर्गिय राणाकाे छोरा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपसमशेर राणाका अनुसार राणाकाे आज ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।