Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मुल्यमा भारी गिरावट

२१ शुक्रबार , चैत्र २०८११० महिना अगाडि

सुनको मुल्यमा भारी गिरावट

यसअघि एकाएक आकासिएको सुनको मुल्यमा भारी गिरावट आएको छ । हिँजो बिहीबार तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार ९ सयले घटेको हो ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ९ सयले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि समयदेखि उकालो लागेको सुनको मूल्य आज एकाएक घटेको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ सय २५ रुपैयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँ कायम भएको हो । बिहीबार चाँदीको मूल्य तोलाको १ हजार ९ सय ९५ रुपैयाँ कायम भएको थियो ।