Advertisement Banner
Advertisement Banner

२४ सोमबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाईयो

२० बिहिबार , चैत्र २०८१४ दिन अगाडि

आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाईयो

सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्तिमार्फत काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका शिक्षकहरुलाई वार्तामा बोलाएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विधेयक संसदमा पेश हुने छलफल हुने र स्वीकृत हुने विधायकी प्रक्रियाका सम्बन्धमा निश्चित कानूनी बन्दोबस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छ । तथापि, शिक्षक समुदायसँग विगतझैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं । विद्यालय शिक्षा विधेयक स्वीकृतिको पखाईमा रहेकाले यसका लागि सामुहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ ।’

विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरुले हिजोदेखि काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन् । यसअघि धर्ना र अनशनलगायत कार्यक्रम गरेपनि माग सुनुवाई नभएपछि देशभरबाट काठमाडौं ओहिरिएर  शिक्षकहरु आन्दोलनमा होमिएका हुन् ।