Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सेतो मच्छिन्द्रनाथ रथ निर्माण थालियो

१८ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

सेतो मच्छिन्द्रनाथ रथ निर्माण थालियो

तीन धारा पाठशाला अगाडि सेतो मच्छिन्द्रनाथ रथ निर्माण थालिएको छ । चैते दसैँ देखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथको रथ यात्रा को लागि तयारी स्वरूप रथ निर्माण थालिएको हो ।

केल टोलस्थित मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारा पाठशालामा पुर्‍याएर रथमा विराजमान गराइ सके पछि रथयात्रा सुरु गरिन्छ ।

सेतो मच्छिन्द्रनाथ रथ यात्राको पहिलो दिन जमल देखि असन, दोस्रो दिन असन देखि हनुमान ढोका, तेस्रो दिन लगनखेलसम्म पुर्‍याइने परम्परा रहेको छ ।