Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

संघीय संसदको हिउँदे अधिवेशन अन्त्य

१८ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

संघीय  संसदको हिउँदे अधिवेशन अन्त्य

संघीय संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१–१२–१८ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन संवत् २०८१ साल चैत १९ गते मङ्गलबार राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएको छ ।’ संसदको हिउँदे अधिवेशन गत माघ १८ गतेबाट शुरु भएको थियो ।