Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

शिक्षकहरुको अनिश्चितकालीन सडक आन्दोलन

१८ मंगलबार , चैत्र २०८१एक दिन अगाडि

शिक्षकहरुको अनिश्चितकालीन सडक आन्दोलन

भाेलि चैत २०गतेदेखि नेपाल शिक्षक महासंघले अनिश्चितकालीन सडक आन्दोलन गर्ने भएको छ । आज एक पत्रकार सम्मेलन आयोजना गर्दै महासंघले अनिश्चितकालीन सडक आन्दोलनको घोषणा गरेको हो ।

यसअघि गत माघ २० गतेबाट आन्दोलनमा रहेको शिक्षक महासंघले पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न गरेको बताएको छ । त्यस्तै महासंघले पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रम गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन र सभा गरेको थियो ।

त्यसैगरी ‘दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना र चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन गरेको थियो ।

त्यस्तै दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा २०८१ चैत्र २० गतेबाट ‘काठमाडौं जाऔं अभियान’ अघि बढाएको बताइएको छ । जस अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।