
जय गोरखकाली, जय गोरखनाथ बाबा, जय नेपाल आमा !
समय बनाउने सूर्यले हो, पात्रोले होइन । समय भनेकै साइत हो, पात्रोले सबै साइत बिगारे । चैत ६, ७ गते नै मेषे दृश्य सूर्य लेखेको छ ।
मेष भनेको बैशाख हो यसरी सबै चाडपर्व १, १ महिना पछि पारे पात्रोहरुले, अब सूर्यको समयमा चाडपर्व मनाऔं ।
— संस्कृकतिविद एवं राष्ट्रिय पर्व समय सुधार समितिका संस्थापक अध्यक्ष महेश्वर जुजु राजोपाध्याय
“विकासको लागि राजनीति”
शिर मेमोरियल अस्पताल वनेपाको चौतारामा कोरेको दृष्टिकोण र विचार तथा कार्यक्रमको खाका जहाँ नेपालको परिपेक्ष्यमा प्रजातान्त्रिक राष्ट्रवादका पक्षधर (गुरु अथवा नेता) राष्ट्रिय समाज सुधार संस्थाका संस्थापक केन्द्रिय अध्यक्षले मञ्जुर वल्र्डले अन्तिम सास लिनु भएको थियो ।
देशको तिव्रतर विकासका लागि बाह्य दानको निर्भरता घटाई जनतालाई “विकास” भनेको एउटा कष्टदायक र कठिन प्रकृया हो भनि महसुस गराई नेपालीले पसिना नवगाएसम्म नेपालको विकास सम्भव छैन ।
– अनुसन्धानविद, भुगोलविद, २०४० सालमा बसाई सराई अध्ययन प्रतिवेदनका संयोजक डा.हर्क गुरुङ्ग
हामी पुनरुत्थानवादी होइन, प्रतिगामी पनि होइन, पश्चगामी पनि होइन, हामी अग्रगामी हौं ।
देशलाई निकाश र विकास हामी दिन्छौं ।
वेथिति हटाऔं थिति बसालौं, द्वन्द ननिम्त्याऔं ।
नेपाली जनताले ठूलो संघर्ष गरी ल्याएको प्रजातन्त्र जोगाउनु राजाको धर्म हो । (२०६० माघ १९ गते तत्कालीन संविधानको संरक्षण गर्न चालेको शाही कदम अघि) २०६५ पछि मेरो लागि बोली दिने कोहि भई दिएन २०७५ सालमा । गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले नेपाली जनतामा सुवास छर्न सकेन, पछिल्लो समयमा “राष्ट्र जोगाउन मलाई साथ देउ” भनिबक्सेपछि कुनै पनि राजनीतिक शक्तिहरू सडकमा आएर ठोस कार्यक्रम दिएर राजालाई साथ र भरोसा दिन किन सकेन ? जबकी विगतमा जनस्तरबाट नै जनस्तरबाट गठित नागरिक मूल समारोह समितिको व्यानरबाट चोक चोकमा कोण सभा गरेर कठिनाईमा परेका राजाको पक्षमा जोखिम उठाएर आवश्यक आजको वातावरण तयार पारेका थियौं ।
आगामी चैत्र २६ गते पूर्ण प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिन राजधानी काठमाण्डौको भद्रकाली मन्दिर र शहीद गेटलाई केन्द्रविन्दू बनाई “श्रीपेच बचाउ महाअभियान” लाई सफल पार्न शिखर सम्मेलन र काठमाण्डौ उपत्यकाको महत्वपूर्ण स्थानहरूमा आमसभा राख्ने भएकोले सचेत, जिम्मेवार र उत्तर दायित्व बोक्न सक्ने नागरिकहरूले आवश्यक वातावरण बनाउनका लागि विशेष अनुरोध गर्दछौं ।
तन, मन, धन र जनलाई जोडौं । यति जुटाउन सक्यौं भने एक थोपा रगत पनि भुँइमा झर्न नदिई राष्ट्रिय एकताका प्रतिक अभिभावकीय राजसंस्थालाई स्थापना गर्न सकिन्छ, त्यो बेला आयो । धन्यवाद !
अहिलेको साम्राज्यवाद, विस्तारवाद पुरानो वाटोबाट आउ ँदैन । नयाँ बाटो अर्थात प्रविधि, अनुदान, ऋण, सहुलियत, राजनीतिक सहायता, उपहार, छात्रवृत्ती, भ्र्रमणको अवसर आदिबाट आउँछ भन्ने कुरा प्रमाणित भएको छ ।
यो ३६ वर्षको दौरानमा नेपालवाद हराएको छ ।
संवैधानिक राजतन्त्र र वहुदलिय प्रजातान्त्रिक व्यवस्थाको मर्म बुझ्नै सकेन देश चलाउनेहरूले । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको गफ गरेर प्रजातन्त्रको संस्थागत विकास हुँदैन प्रजातन्त्रवादी बन्नको लागि त्यहि अनुसारको आचरण गर्नु पर्छ । ५% नेता कार्यकर्ताहरूलाई ९५% नेपाली जनताले पाल्नु परेको छ । जबकी ९५% नेपाली जनतालाई ५% नेता कार्यकर्ताहरूले जनताको निस्वार्थ सेवा गर्ने कार्यलाई राजनीति भनिन्छ ।
नागरिकता विधेयकलाई “अर्थ विधेयक” को धब्बा लगाएर २०५६ सालमा संसदबाट लालमोहर लगाउन देश भक्त राजा वीरेन्द्र सरकार समक्ष पेश भएको थियो उक्त राष्ट्रघाती नागरिकता विधेयक असफल भए पछि “नबजे बाजा, नबजे बाँसुरी” भने जस्तै २०५९ साल जेष्ठ १९ गते, शुक्रबार ९ः१५ बजे दरबार हत्याकाण्डवाट रचेको षडयन्त्र र राजा ज्ञानेन्द्रलाई वेदखल गरेर २०६५ साल जेष्ठ २९ गते नेपालीको ढुकढुकी नारायण हिति राजदरबारबाट बाहिरिन बाध्य पारेको मात्र होइन सेनाको घेरा भित्र रहेको दरबारमै राजा असुरक्षित भएको बेला नेपालमा नेपाली सुरक्षित हुने कुरै भएन तैपनि राष्ट्र हाम्रो एक मात्र पेवा भएकोले राष्ट्र जोगाउने अन्तिम मौका आएको छ, यो मौका नगुमाऔं । राजसंस्था हताएर जुन हविगत हामीले भोग्यौ त्यो अवस्था भावी सन्ततीलाई भोग्न नदिऔं, होशियार ! सावधान !
५ बुँदे सहमती तत्काल लागू गर, कुर्ने समय छैन भन्ने विचार सार्वजनिक गर्दै
राजा गए दरबार छोडेर, जनता रोए विलौना गरेर, आउनु राजा बसी दिनुस दरबार, जनताहरूको उजार भए घरबार भन्दै प्रमुख अभियन्ता माया पाण्डेले सभापतित्वको आशन ग्रहण गर्नु भएका वहाँले गतिलो नेतृत्व र राजाले भर पर्न सक्ने राजनीतिक शक्तिको अभाव भैरहेको बेला सम्पन्न शिखर सम्मेलन र उपत्यकाका प्रमुख स्थानहरूमा आमसभा गर्ने जानकारीमुलक कार्यक्रमको साथै समसामयिक विषयहरूमा प्रकाश पार्न आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपालको राजनीतिक संस्थाको पर्यायवाची नेपालकै पहिलो राजनीतिक पार्टी प्रजा परिषदका नेता विनोद आचार्यले वर्तमान सरकार नेपाली जनताको अभिभावक भएकोले राजा देखि सबै सडकमा आन्दोलित सबै अभियन्तहरू विच गोलमेच सम्मेलनको लागि आव्हान गर्नु पर्ने आवश्यकता बारे प्रकाश पार्दै प्रजातन्त्रमा निषेध कसैलाई पनि गर्नु हु ँदैन, त्यस माथी राजालाई त गर्नै हु ँदैन भन्नु भयो ।
विशिष्ट अतिथी बलराम गौतमले माइतीघरमा फुर्नुृ भएको कविता पहिलो मानव जन्म भएको मान सरोवर, यहि रहेको मानस खण्डे हिम विधाता, पृथ्वी जननी सबकी माता, कहिल्यै लाश नहुने ठाउ ँ, ॐ रहेको पहिलो ठाउ ँ, पन्थहरू सब मान गाउ ँ, स्वच्छ मंगल शीवका गाउँ कविता वाचन गर्दै प्रकृतिको वरदानले राज धर्म आयो, राज धर्म आए पछि सनातन राजा पायो । वैदिक समाज आराध्य हुन, राष्ट्रियता पायो, सनातनी नेपालमा राज धर्म पायौं ।
माता अम्बिका, पारुहाड्ड कुुथुमी राई, व्यवस्थापक शंकर मघैया, विष्णु सिंह डंगोल, हेम सागर “विद्रोही” आदीले अब देश बचाउन बेथितिको अन्त्य गर्न आम सभामा होमिने बताउनु भयो । गणतन्त्रको दिन गन्ती शुरु भैसकेको छ । लोकतन्त्र, गणतन्त्र भन्ने सत्तासिन भएकाहरू सडकमा उत्रनु प्रजातन्त्रको खिलाफ रहेकोले जनताको शक्ति प्रदर्शनलाई चुनौति दिनु अशोभनिय कार्य हो, हामी त्यसको घोर भत्र्सना गर्छौ ।
सत्ता प्राप्तीका लागि लडाई गरेर राष्ट्रलाई कुरुप पार्नेलाई रोक्न दोलखा जिल्ला तामाकोशी गा.पा. वडा नं. ३ बस्ने कृष्ण प्रसाद पौडेलले गत चैत्र १५ गते राजावादी, गणतन्त्रवादी विच हुने तकरावको कारण भाग्यमानी जनतालाई अभाग्यमानी बनाउने खेल रोकोस भनेर अपिल गरेको वावजुद पनि तीनकुनेमा देखिएको जनलहरलाई उचित ढंगवाटट व्यवस्थापन गर्न गतिलो नेतृत्वले परिचालन गर्न नसक्दा निराशामा परिणत भएको छ । सत्ताधारीहरूले घर घरमा पसी अश्रु ग्यास हान्ने प्रदर्शनकारीहरूलाई तितर वितर पार्न लगाए राज्य पक्षवाटनै चैत्र १५ गतेको जन प्रदर्शन असफल पार्न सम्पूर्ण शक्ति प्रयोग गरेको पाइएको छ भने कार्यक्रमका संचालक ज्यूले राजा र राजसंस्थाको पक्षमा जनलहर ल्याउने कार्य दुर्गा प्रसाईले मात्र गरेको थियो भनेर अहमता देखाए तापनि ठूलो उत्साहका साथ दुर्गा प्रसाईले सकारात्मक परिणाम नै ल्याई दिनेछ भन्ने आशा राखेका जनताको आशा टुहिएको छ । सिद्धान्तको राजनीति कहिल्यै नगरेका दुर्गा प्रसाईको अराजक बोली र जनमानसलाई नियन्त्रण गर्न सकेन, मच्चियो मच्चियो ठच्चियो भन्ने उखान चरितार्थ भएको छ ।
यसै सन्दर्भमा जोड दिंदै सरकारले नेपाली जनतालाई नखेल्न पनि आग्रह गर्दछौं, चलायो भने अहिलेका नेताहरूले सडकमा हिड्न समेत पाउने छैन, कुकुरले नपाएको दुःख पाउने निश्चित छ । जनताको धैर्यताको बा ँध फुट्न लागेकोले सरकार र दलहरूले समय छ ँदै चीर निद्रावाट ब्युझनको लागि संकेत दिएको मात्र हो । त्यो संकेतलाई बुझ्न सकेन भने जनताले सत्ता कब्जा गर्नेछ । जनताले नै नेपाल सुहा ँउदो तरीकावाट राज्य सञ्चालन र सुशासन चलाउनेछ भन्ने आवाजलाई सशक्त रुपमा प्रकाश पारेका थिए ।
तातोपानी नाकावाट भैरहवा नाकासम्म पैदल यात्रा गर्दै आउनु भएका उत्तर–दक्षिण पैदल यात्रा गर्दै माइतीघरमा सहभागी नवलपरासी, नवलपुरका नित्यानन्द शर्मा क ँडेलले दार्चुलामा भारतिय सेनाले कब्जा गरेको स्थानबाट हत्नु पर्ने, कृषि वस्तुमा आत्म निर्भर नेपाल बनाउनु पर्ने, भ्रष्टाचार गरेर कुम्ल्याएका रकम राष्ट्रियकरण गर्नु पर्ने, सरकारी कर्मचारीहरूले नेपालमै उत्पादन गरेको कपडा लगाउनु पर्ने माग राख्दै एक्लैले भए पनि राष्ट्र जागरण गर्न सकिन्छ भनेर गत वर्षमा पनि पैदल यात्रा गरेको बताउनु भएको थियो ।
राष्ट्रवादीहरूलाई तर्साउन नखोज ।
यसै विच माइतीघरमा धर्नारत माया पाण्डे, शंकर मघैया र प्रविन रिसाललाई जुलुसमा सहभागी भएका आरोप लगाई चैत्र १६ गते १२ः३० बजे देखि १७ गते २ः४५ सम्म सिंह दरबार वैद्य खानाको हिरासतमा राखेर मानसिक रुपवाट कमजोर केपी ओली सरकारले आफ्नो कमजोरी र निरिहपन देखाएर गणतन्त्रका अन्तिम सास लिंदैछ भन्ने आभाष दिएको छ । बैल गाडा चढेर अमेरिका पुगिन्न भन्ने केपी ओली सरकारले अविलम्ब राजीनामा दिओस भन्ने माग गर्दछु ।