Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तालिमका लागि आवेदन माग

१७ सोमबार , चैत्र २०८१एक बर्ष अगाडि

तालिमका लागि आवेदन माग

सम्पर्क अधिकृत (लिएनोन अफिसर) अनुस्थापन तालिमका लागि आवेदन मागिएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले आज सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक सरकारी कर्मचारीलाई दरखास्त दिन आह्वान गरेको हो ।

सरकारले सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणमा जाने टोलीसँग सरकारी कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउँदै आएको छ । यसरी खटिएका सम्पर्क अधिकृतले हिमाल आरोहण टोलीको सरकारी कामकाजदेखि तिनले हिमालमा गर्ने गतिविधि, सफल आरोहण गरे वा नगरेको रेकर्ड राख्नेलगायत काम गर्ने गर्छन् । प्रतिष्ठानका अनुसार तालिम यही चैत २५ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने छ ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ८ बमोजिम योग्यता पुगेका कर्मचारीले आवश्यक कागजात, विभागीय सिफारिस र तालिम शुल्क पाँच हजार एक सय रुपैयाँ प्रतिष्ठानको नाममा रहेको सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको चल्ती खाता नम्बर ०११०१००००००३६२०१ मा जम्मा गरेको भौचरसहित यही चैत २२ गतेभित्र आवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।