Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

दूरसञ्चारद्वारा कारबाहीको चेतावनी

१७ सोमबार , चैत्र २०८१२ दिन अगाडि

दूरसञ्चारद्वारा  कारबाहीको चेतावनी

सीमावर्ती क्षेत्रमा अवैध रुपमा मोबाइल सिग्नल तथा एम्प्लिफायरको प्रयोग भइरहेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ ।प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर उक्त कार्यमा संलग्न रहेको पाइएमा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानूनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

प्राधिकरणका अनुसार केही समययता मुलुकका विभिन्न स्थानमा (सीमावर्ती क्षेत्रमा समेत) विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायरको प्रयोग भइरहेको बुझिएको छ ।

सूचनामा उल्लेख छ, ‘नेपालका केही स्थानहरु (सीमावर्ती क्षेत्रहरुमा समेत) विदेशी दूरसञ्चार सेवा प्रदायकहरुको सेवा प्रयोग गर्न सिग्नल स्ट्रेन्थ बढाउने गरी मोबाइल सिग्नल बुस्टर तथा एम्प्लिफायर प्रयोग भइरहेको भन्ने बुझिन आएको र उक्त कार्य रेडियो ऐन, २०१४ को दफा ३ तथा दूरसञ्चार ऐन, २०५३ को दफा २१ को प्रावधान विपरीतको कार्य भएकोले त्यस्तो कार्य नगर्न नगराउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’