Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

लमजुङमा वडाध्यक्षसहित तीन जना पक्राउ

१७ सोमबार , चैत्र २०८१२ दिन अगाडि

लमजुङमा वडाध्यक्षसहित तीन जना पक्राउ

लमजुङको बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुशीजङ गुरुङसहित तीन जना पक्राउ परेका छन् । वडाध्यक्ष गुरुङसहित बेंसीसहर ८ का विशाल अधिकारी र मोहन तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराले जानकारी गराएका छन् ।

यसअघि प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा पक्राउ पूर्जी जारी गरेको छ । उनीहरु विरुद्ध गत फागुन २५ गते मुद्दा दर्ता भएपछि तीनैजना फरार रहेको र आइतबार उनीहरु स्वयम् प्रहरी कार्यालयमा पुगेकोमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यसअघि अध्यक्ष गुरुङविरुद्ध गत वर्ष पनि अभद्र व्यवहार कसुरमा मुद्दा परेको थियो । उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी बोहराले जानकारी गराएका छन् ।