Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

आज ईद पर्व सार्वजनिक बिदा

१७ सोमबार , चैत्र २०८१२ दिन अगाडि

आज ईद पर्व सार्वजनिक बिदा

आज इस्लाम धर्मावलम्बीको पर्व ईदकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरूकाे एक महिना लामो रमजानको उपवास समाप्त भएपछि मनाइने ईद पर्वमा सरकारले सार्वजनिक बिदा दिएको हाे ।

इस्लाम समुदायको प्रमुख पर्व ईद उल फित्र आज देशभर मनाइँदैछ । मुस्लिम धर्मावलम्बीहरूले मस्जिदहरूमा विशेष प्रार्थना गरी आपसी मेलमिलाप र सद्भावका साथ यो पर्व मनाउँदै छन् भने इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद-उल-फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज ईदकाे सार्वजनिक बिदा दिइएको हो ।