Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

१७ सोमबार , चैत्र २०८१२ दिन अगाडि

वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

वरिष्ठ पत्रकार कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । गत बुधबार सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका काेइरालाकाे उपचारका क्रममा आइतबार साँझ निधन भएको हो ।

आइतबार साँझ ८७ वर्षको उमेरमा निधन भएका काेइराला दक्षिण काेरियाका पूर्वराजदूत समेत हुन् । गत मंगलबार राती आफ्नै घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने पूर्वसांसदसमेत हुन् । उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा समेत काम गरेका थिए । कोइराला नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारकाे भुमिकामा थिए ।

पारिवारिक स्रोतका अनुसार दिवंगत कोइरालाको आज बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।