
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्बहाली गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । पुनर्बहालीको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो ।
कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समितिलेले कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित माइतीघरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीले कुलमान घिसिङ देशको शान, कुलमानलाई पुनर्बहाली गर लगाएका प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।
यसअघि नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्ती गरेको थियो । त्यसपछि सरकारको निर्णयप्रति सडक र सदनबाट विरोध भइरहेको छ ।