
रुकुमको नापी कार्यालयको साइनबोर्ड ह्याक भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको साइनबोर्ड ह्याक गरेर ‘आई लभ यु प्रमिला’ लेखिएको हो ।
नापी कार्यालयको डिजिटल बोर्ड ह्याक गरेर बोर्डमा ‘आई लभ यु प्रमिला’ लेखिएको छ । डिजिटल बोर्डबाट ह्याकरले नापी कार्यालयको नाम हटाएर अर्कै डिस्प्ले गरेको नगरपालिकाका सूचना अधिकारी इन्द्रबहादुर विष्टले जानकारी दिएका छन् ।
विष्टका अनुसार शनिबार मध्यराती बोर्डमा आई लभ यु प्रमिला देखिएको बताइएको छ । नापी कार्यालयका प्रमुख मन आग्री बाहिर रहेको बेला बोर्ड ह्याक भएको र त्यसबारे अनुसन्धान गर्ने काम भइरहेको समेत विष्टले जानकारी गराएका छन् ।