Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

हलेसी बजारमा निःशुल्क आँखा शिविर सम्पन्न

१६ आइतबार , चैत्र २०८१२ दिन अगाडि

हलेसी बजारमा निःशुल्क आँखा शिविर सम्पन्न

खोटाङको हलेसी बजारमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघले चैत १४, १५ र १६ गतेसम्म सञ्चालन हलेसी बजारमा निःशुल्क आँखा शिविर संचालन गरेको हो ।

नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् । सिराह जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको शिविरमा १ सय ७ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

उक्त शिविरमा ४ सय ४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति संघका अध्यक्ष इन्द्र कसजूले जानकारी दिएका छन् । कसजूका अनुसार शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन गरिएको बताइएको छ ।