Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

पक्राउ परेका राप्रपाका नेतालाई अदालत उपस्थित गराइदै

१६ आइतबार , चैत्र २०८१२ दिन अगाडि

 पक्राउ परेका राप्रपाका नेतालाई अदालत उपस्थित गराइदै

चैत्र १५ गते शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ परेका नेताहरु लाई अदालत उपस्थित गराइदै  छ । पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायतलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

उनीहरुलाई शुक्रबार भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेका आरोपमा पक्राउ गरिएको थियो । राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले म्याद थपका लागि अदालत लगिदैँछ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, राणा र स्वागत नेपाल शुक्रबार राती नै पक्राउ परेका थिए भने धार्मिक गुरु पुष्कर खतिवडा हिँजो शनिबार पक्राउ परेका थिए । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर काठमाडौँ परिसरको जिम्मा लगाएको थियो ।