Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अराजकता र हिंसालाई निरुत्साहित गर्न नागरिक समाजकाे धर्ना

१६ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

अराजकता र हिंसालाई निरुत्साहित गर्न नागरिक समाजकाे धर्ना

काठमाडौंको माईतीघर मण्डलामा नागरिक समाजले अराजकता र हिंसालाई निरुत्साहित गर्न धर्ना दिएको छ । आज बिहान समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न माग गर्दै धर्ना दिएको हो ।

समाजले आयाेजना गरेकाे कार्यक्रममा गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, जनताको सुरक्षामा कुनै सम्झौता नगर लगायतका प्लेकार्ड र नारा सहित धर्ना दिएकाे हाे ।

गैरसकारी संस्था महासंघका अध्यक्ष एवं वृहत नागरिक धर्ना अभियानका संयोजक अर्जुन भट्टराईले नेपाली जनतालाई जागृत, सशक्त हुन र लोकतन्त्रको पक्षमा उभिन आग्रह गर्दै केही दिनयता देखिएका घटनाहरु घुन पुतली भएको टिप्पणी गरेकाे थिए । उनले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गर्दै घुन पुतलीलाई निमिट्यान्न पार्नुपर्नेमा जाेड दिएका थिए ।