Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

१६ आइतबार , चैत्र २०८१एक बर्ष अगाडि

पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु

हिँजाे शनिबार अर्घाखाँचीमा पाैडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानमा डुबेर दुई युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन् ।

हाल उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।