Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

उपकुलपति प्रा.डा. बरालले दिए राजीनामा

१६ आइतबार , चैत्र २०८१२ दिन अगाडि

उपकुलपति प्रा.डा. बरालले दिए राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । २०८० फागुन १० गते चारबर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त भएका बरालले स्वास्थ्य समस्या देखाइ राजीनामा दिएका हुन् ।

उपकुलपति बरालले नियुक्त भएकाे १३ महिनामै राजीनामा दिएका हुन् । यसअघि उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उपकुलपतिमा नियुक्त गरेका थिए ।  

त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरेर राजीनामापत्र बुझाएकाे बताइएकाे छ । पछिल्लो समय त्रिविमा अस्थायी तथा करारका शिक्षक कर्मचारी व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ भने अस्थायी तथा करारका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउनुपर्ने माग गर्दै आएका छन् ।

त्यस्तै अस्थायी तथा करारका शिक्षक कर्मचारीले माग पूरा गराउन दबाब दिने उद्देश्यले आइतबारदेखि आन्दोलन घोषणा गरेका छन् ।