Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हिंसात्मक घटनाको जिम्मेवार स्वयं आयोजक : गृह मन्त्रालय

१४ शुक्रबार , चैत्र २०८१एक बर्ष अगाडि

हिंसात्मक घटनाको जिम्मेवार स्वयं आयोजक : गृह मन्त्रालय

गृह मन्त्रालयले हिंसात्मक घटनाको जिम्मेवार स्वयं आयोजक हुने बताएको छ । राजावादीहरुद्धारा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै मन्त्रालय यस्तो प्रतिक्रिया दिएको हो ।

मन्त्रालयले व्यक्तिका निजी सम्पत्ति, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरुमाथि भएको तोडफोड तथा आगजनीका घटनाको घोर भत्र्सना गर्दै भनेको छ, ‘यस्ता हिंसात्मक एवं अपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रुपमा जिम्मेवार छन् ।’

शान्तिपूर्ण तरिकाले आफ्नो विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिबाट कोही कसैको भलाई नहुने मन्त्रालयको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपिल गर्दै कानूनको उल्लंघन गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ ।’