Advertisement Banner
Advertisement Banner

२२ शनिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

ललितपुरमा एक युवकको हत्या

१३ बिहिबार , चैत्र २०८१९ दिन अगाडि

ललितपुरमा एक युवकको हत्या

ललितपुरमा टाउको क्षतविक्षत भएको अवस्थामा एक युवकको शव फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटस्थित शिव मन्दिरभित्र एक युवकको शव फेला परेको हाे ।

महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिएका छन् । उनका अनुसार राति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले खुकुरी प्रहार गरी उनको हत्या गरेकाे बताइएकाे छ ।

एक आपसमा विवाद हुँदा आरोपीले खुकुरी प्रहार गरी हत्या गरेकाे र हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको घाँटीको दुवै भाग र गालामा चोट देखिएको छ । प्रहरीले रसाइलीलाइ रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ गरेकाे बताइएकाे छ ।

व्यक्तिगत रिसइबीका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ रहेकाे छ । स्थानीयले भने मृतक युवक र पक्राउ परेका व्यक्तिको बहिनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको बताएका छन् भने प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।