Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनसरीको सेन्ट्रल प्लाजामा आगलागी

१२ बुधबार , चैत्र २०८१एक बर्ष अगाडि

सुनसरीको सेन्ट्रल प्लाजामा आगलागी

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । सेन्ट्रल प्लाजामा लागेको आगो निभाउने प्रयास भएपनि अहिलेसम्म निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।

अहिले पनि आगो नियन्त्रणको प्रयाससंगै प्लाजाभित्र फसेकाहरूको डोरीको सहायताले उद्धारको प्रयास भइरहेको बताइएको छ । आगो निभाउन दमकलहरु परिचालित भएका छन् भने स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा आगो नियन्त्रणको काम भइरहेको छ ।

आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् । भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षति नभएको उक्त आगलागीको कारण हालसम्म खुलेको छैन ।