
नेपालकाे काँकडभिट्टा नाकाबाट चालु आर्थिक वर्षको आठ महिनामा पाैने १३ अर्बकाे पेट्रोलियम पदार्थ आयात भएकाे छ । उक्त नाकाबाट आठ महिनामा १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हाे ।
चालु आर्थिक वर्षको आठ महिनामा आयात भएकाे पेट्रोलियम पदार्थ गत आवको आठ महिनाको तुलनामा ६४ करोड १७ लाख ५९ हजारले कमी हाे । गत आवको आठ महिनामा १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयात घटे पनि राजस्व बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताएका छन् । हुमागाईँका अनुसार चालु आवका आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको बताइएकाे छ ।
गत आवको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा ५ अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।