Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आठ महिनामा सवा ४ अर्ब राजस्व सङ्कलन

११ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

आठ महिनामा सवा ४ अर्ब राजस्व सङ्कलन

हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्षको ८ महिनामा सवा ४ अर्ब राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा ४ अर्ब २५ करोड २० लाख राजस्व सङ्कलन गरेको हो ।  

कार्यालयले चालू आर्थिक वर्षको ८ महिनाम गरेको राजस्व सङ्कलन लक्ष्यको ८२.३२ प्रतिशत हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा ५ अर्ब १६ करोड ५२ लाख ३२ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ४ अर्ब २५ करोड २० लाख ३७ हजार राजस्व सङ्कलन भएको हो ।

आन्तरिक राजस्व कार्यालयले अन्तःशुल्कतर्फ २ अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ ६ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ १ करोड २५ लाख ५० हजार राजस्व सङ्कलन गरेको बताइएको छ ।

त्यस्तै कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ ५ हजार ९ सय २३, अन्तःशुल्कतर्फ १ हजार ६ सय ४, विथहोल्डतर्फ ७ सय ११ र व्यक्तिगततर्फ ८३ हजार ७ सय १ करदाता आबद्ध रहेका छन् ।