Advertisement Banner
Advertisement Banner

०६ बुधबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुतलादहन

११ मंगलबार , चैत्र २०८१एक बर्ष अगाडि

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्रीको पुतलादहन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरिएको छ । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले विश्वभाषा क्याम्पस अगाडी खड्काको पुतला जलाउँदै प्रदर्शन गरेको हो ।

सरकारको हिजो बसेको क्याबिनेट बैठकले प्राधिकरणका कार्यकारी निर्देशक कुलमानलाई हटाएको थियो । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोमा अहिले चौतर्फी विरोध भइरहेको छ ।

अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गर्दै प्रदर्शन गरेपछी प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको थियो । अहिले देश विदेशमा रहेका नेपालीहरुले कुलमानलाई हटाएको बिरोधमा सामाजिक संजालमा समेत ऊर्जामन्त्री दीपक खड्काको कटाक्ष गर्दै बिरोध गरिरहेका छन् ।