Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

पूर्वराष्ट्रपतिलाई फेरि करोड

११ मंगलबार , चैत्र २०८११६ दिन अगाडि

पूर्वराष्ट्रपतिलाई फेरि करोड

पूर्वराष्ट्रपति रामबरण यादवलाई ३५ र विद्यादेवी भण्डारीलाई ६५ लाख राज्यकोषको हण्डी दिएको खबर सार्वजनिक भएको छ ।
यी दुबैलाई राज्यले वर्षेनी ४६ लाख २५ हजार ६ सय १५ बजेट दिने गरेको छ । यसबाहेक पनि यिनीहरुले राज्यसँग पैसा मागिरहने र सरकारले दिने गरेको छ । गतवर्ष विद्यादेवी भण्डारीलाई राज्यले ३५ लाखभन्दा बढी दिएको थियो ।
यसैगरी उपराष्ट्रपतिले पनि राज्यकोषबाट भरणपोषण पाउने गरेका छन् । तर पूर्वउपराष्ट्रपति नन्दकिशोर पासाङ राज्यबाट भरणपोषण लिने र माओवादी राजनीतिमा पनि सकृय हुनेगरेका छन् ।
लज्जा पनि लज्जित बनेको छ ।
यसैवीच पूर्व विशिष्टहरुलाई आजीवन सेवा, सुविधा, भत्ता दिने कानुन बनाइदैछ । यो कानुनको व्यापक बिरोध भए पनि पास हुने भनिदैछ कारण कांग्रेस, एमाले र माओवादी नै पास गर्नेमा छन् । केही सांसदले जनतालाई केही छैन, विशिष्टलाई पदमा हुँदा पनि सेवा, सुविधा, तिनैले भ्रष्टाचार गर्ने र अवकाशपछि पनि तिनैलाई भरणपोषण दिन हुन्न भनेर रोकिनेवाला देखिदैन । चरम विकृति फैलिदैछ ।
अर्थमन्त्री भन्छन्– राजस्वले साधारण खर्च धान्न नसकिने भयो । सरकार ऋण लिएर सत्ता चलाइरहेको छ । यो अवस्थामा विकासको कुरा गन्थनमात्र बन्न पुगेको छ ।
आजीवन सुविधा ?
पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभाुमख, अध्यक्षलाई मासिक भत्ता, घरघाडा, घर मर्मत खर्च, सवारी साधन, सचिवालयमा कर्मचारी, चालक, सहयोगी दिने गरिएको छ । जनताको उठिवास हुने, करमाथि कर तिनुपर्ने, शासन सत्तामा बस्नेले लूटतन्त्र नै मच्चाउने, अति भएन र ?