Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

चार निर्माण कम्पनी कालोसूचीमा

१० सोमबार , चैत्र २०८११७ दिन अगाडि

चार निर्माण कम्पनी कालोसूचीमा

चार वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले आज सूचना जारी गर्दै विभिन्न चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो ।

अनुगमन कार्यालयले विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैदेखि लागु हुने गरी एस.डी.कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए.कन्स्ट्रक्सन काठमाडौँलाई कालो सूचीमा राखेको हो ।

सूचना अनुसार कालोसूचीमा परेका निर्माण कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने तथा कारवाही हुने उल्लेख गरिएको  छ ।