Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

१० सोमबार , चैत्र २०८११७ दिन अगाडि

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रो तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । हिउँदको सुक्खायाम सुरु भएसँगै कुलेखानीको प्रथम, दोस्रो र तेस्रो युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको प्रथम युनिटले ६० मेगावाट, दोस्रोले ३२ मेगावाट र तेस्रोले १४ मेगावाट विद्युत् उत्पादन गर्दै आएको छ । यही चैत ३ गतेदेखि तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै आवश्यकताअनुसार विद्युत् उत्पादन भइरहेको बताइएको छ ।

कुलेखानी जलविद्युत् केन्द्र प्रथमका सहायक इन्जिनियर रामकुमार बुढाथोकीका अनुसार रनअफ रिभरमा आधारित आयोजनाको सुक्खायाममा उत्पादन घटेकाले विद्युत् भार व्यवस्थापन गर्न कुलेखानी जलविद्युत् केन्द्रका तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

त्यस्तै चालु आव २०८१/८२ को साउनदेखि फागुनसम्ममा कुलेखानी जलविद्युत् केन्द्र प्रथमले ८१ हजार २ सय ९ मेगावाट विद्युत् उत्पादन गरेको छ । यसअघि आव २०८०/८१ मा ३४ हजार ३ सय ८८ मेगावाट मात्र विद्युत् उत्पादन गरेको थियो ।