Advertisement Banner
Advertisement Banner

२७ बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

सालकको खपेटासहित एक जना पक्राउ

१० सोमबार , चैत्र २०८११७ दिन अगाडि

सालकको खपेटासहित एक जना पक्राउ

चन्द्रागिरीबाट सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ पानीघाटबाट दोलखा शैलुङ गाउँपालिका–६, का ३२ वर्षीय सुवास तामाङ सालकको खपेटासहित पक्राउ परेका हुन् ।

प्रहरीले तामाङको साथबाट सालकको खपेटा ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार र मोबाइल १ थान फेला पारेको बताइएको छ । मकवानपुरको चित्लाङबाट काठमाडौँ थानकोटतर्फ आउँदै गरेका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उक्त खपेटा र अन्य सामानसहित पक्राउ परेका उनलाई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।