
गएराति २ बजे दाङको एक प्लाई उद्योगमा आगलागी भएको छ । दाङको घोराही उपमहानगरपालिका–९, खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको हो ।
उक्त प्लाई उद्योगमा रातिदेखि लागेको आगो बिहानसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जनाएका छन् ।
त्यसतै आगो निभाउने कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खटिएका छन् । आगलागीका कारण उद्योग नजिकका झन्डै तीन दर्जन घर जोखिममा रहेको र घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने घरमा बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ ।
अहिले आगो निभाउन घोराही, तुलसीपुर, लमही, गढवा र कपिलबस्तुबाट समेत दमकल ल्याइएको छ भने आगलागीको कारण खुल्न नसकेको प्रजिअ लम्सालले बताएका छन् ।